You are viewing the translated version of वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने अन्य काम.

Section 18
वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने अन्य काम
कसैले कुनै वस्तु वा सेवाको सम्बन्धमा देहायका कुनै काम गर्न वा गराउन हुँदैन:-
(क) जानीजानी कमसल वस्तुको उत्पादन, बिक्री वा पैठारी गर्न,
(ख) कुनै वस्तु वा सेवालाई अर्को वस्तु वा सेवा हो भनी वा न्यूनस्तरको वस्तु वा सेवालाई उच्चस्तरको वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री गर्न,
(ग) उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवाको उत्पादन वा बिक्री गर्न,
(घ) एकै प्रकृतिका विभिन्न वस्तु उत्पादन, पैठारी वा बिक्री गर्न, व्यापारी वा व्यापारिक समूहहरू मिली त्यस्तो वस्तुको अभाव सृजना गरी मूल्य तथा आपूर्ति व्यवस्थामा प्रभाव पार्न,
(ङ)। एकै प्रकृतिको कुनै सेवा प्रदान गर्ने एकभन्दा बढी व्यापारी वा व्यापारिक समूहको मिलेमतोबाट चक्र प्रणाली, कोटा प्रणाली, आलोपालो, खेप प्रणाली वा टोकन प्रणाली अपनाई सेवा सञ्चालन गर्न,
(च) एउटा वस्तु खरिद गर्दा अर्को वस्तु पनि खरिद गर्नु पर्ने
व्यवस्था गर्न।